INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले ०८० कात्तिक २० गते १४ वर्षीय बालकलाई ६ वर्ष कैद सजाय, २ लाख ५० हजार रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला सुनाएको छ ।

पीडित बालिकालाई बालकले ०७९ फागुन ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १५ गते इलाका प्रहरी कार्यालय, रत्ननगरमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १५ गते भरतपुर अस्पतालमा भयो । बालक सोही दिन गिरफ्तार भएका थिए ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयको सहयोगमा बालक विरुद्ध जिल्ला अदालतमा ०७९ चैत ३ गते मुद्दा दर्ता गर्‍यो । जिल्ला अदालतको सोही दिनको आदेशले बालकलाई अभिभावकको जिम्मा लगाएको थियो ।

अन्य

भिडियो