INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

मानव बेचबिखन प्रयास घटनाका आरोपित गोडैता नगरपालिका–१ बहादुरपुर का ३६ वर्षीय दिलिप कुमार महतोविरुद्ध ०८० कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ ।

आरोपितले एक जना १२ वर्षीय बालकलाई रोजगारीको प्रलोभन देखाई कात्तिक १४ गते भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी कार्यालय गोडैताको टोलीले बेचबिखन प्रयास हुन सक्ने आसङ्कामा सोध पुछ गर्न खोज्दा आरोपित फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो । बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाएको डिएसपी थारुले जानकारी दिनु भयो ।

फरार आरोपितको खोज तलास भइरहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो