INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित ड्युटीमा खटिएका जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यरत २५ वर्षीय असई बहादुरसिंह ऐरीलाई ०८० कात्तिक १९ गते कुटपिट गरेको आरोपमा प्रहरीले अछाम जिल्ला साँफेबगर नगरपालिका–२ का ३७ वर्षीय खडक कुँवर र सर्लाही जिल्ला हरीपुर नगरपालिका–१ का २५ वर्षीय नवराज कार्कीलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ ।

नागरिक सुरक्षाका लागि खटिएका असई ऐरी र प्रहरी हवल्दार हिमा विष्टमाथि कुटपिट तथा दुव्र्यवहार गरिएकोले आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले  बताउनु भयो ।

धनगढी मै व्यापार गर्दै आउनु भएका कुँवर र कार्कीको मोटरसाईकल चेकजाँच गर्दा आफू र प्रहरी हबल्दार विष्टमाथि कुटपिट र दुव्र्यवहार गरिएको भए पनि समान्य चोट लागेकोले स्वास्थ्य उपचार नगरिएको असाई ऐरीले बताउनु भयो ।

अन्य

भिडियो