INSEC Online

📅 २०८३ जेष्ठ २१

रुकुमपश्चिम र जाजरकोटमा भूकम्पबाट बढी जनधनको क्षति भएको भन्दै कर्णाली प्रदेश सरकारद्वारा सहयोगका लागि अनुरोध

कर्णाली प्रदेश सरकारको कात्तिक १८ गते बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगका लागि अनुरोध  गर्ने निर्णय गरेको छ ।  प्रदेश सरकारले रुकुमपश्चिम र जाजरकोटमा भूकम्पबाट बढी जनधनको क्षति भएको भन्दै सहयोगका लागि आह्वान गरेको हो ।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र  राहत सामग्री पठाउने, प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

प्रदेश अस्पतालमा आर्मीको मेडिकल क्याम्प

नेपाली सेनाको वीरेन्द्रनगर कपासे स्थित कालिबहादुर गणले प्रदेश अस्पताल सुर्खेतमा मेडिकल क्याम्प खडा गरेको छ ।

जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भुकम्पमा परी घाइते भएकाहरुको चाप बढ्ने देखिएपछि मेडिकल क्याम्प खडा गरिएको कालिबहादुर गणका प्रमुख सेनानी  शैलेन्द्र सिलवालले बताए । उहाँका अनुसार अस्पतालमा आउने घाइतेहरुको चापलाई मध्यनजर गर्दै अस्पतालसँगको समन्वयमा मेडिकल क्याम्प खडा गरिएको  हो ।

घाइतेको चाप बढेको खण्डमा मेडिकल क्याम्पबाट सेवा दिइने प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा।डा। डम्बरबहादुर खड्काले बताए । उहाँका अनुसार प्रदेश अस्पताल हाल २९९ शैयाको छ । अस्पतालमा औषधी र चिकित्सकको अभाव नरहेको निर्देशक खड्काको भनाइ छ ।

प्रदेश अस्पतालमा १२ जनाको उपचार हुँदै

जाजरकोट र रुकुमपश्चिमका १२ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।  जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट घरमा क्षति भइ घाइते भएका रुकुमपश्चिमका ६ जना र ६ जाजरकोटका जनाको उपचार भइरहेको छ ।

रुकुमपश्चिमका तीन वर्षीय एक बालकसहित सात महिला र पाँच  पुरुषको उपचार भइरहेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए ।  एक जना महिला र एक जना बालककलाई बढी चोट लागेको भएपनि अन्यको अवस्था त्यति खतरा नभएको निर्देशक खड्काले बताए ।

Photo20201104Surkhet (1)

Photo20201104Surkhet (2)

Photo20201104Surkhet (3)

Photo20201104Surkhet (4)

Photo20201104Surkhet (5)

 

अन्य

भिडियो