INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा घोडाघोडी नगपालिका–६ का २४ वर्षीय सागर चौधरीलाई ०८० कात्तिक १४ गते २१ दिन कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कसूर ठहर गरी कैद सजाय र १० हजार रुपियाँ जरिवाना भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत चेतबहादुर बोहराले बताउनु भयो ।

पीडित बालिकालाई २०८० असार ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध असार ७ गते ईलाका प्रहरी कार्यालय, सुख्डमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले असार २९ गते आरोपितलाई १० हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

यसैगरी १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा घोडाघोडी नगपालिका–६ का १८ वर्षीय समीर चौधरीलाई कात्तितक १४ गते २१ दिन कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कसूर ठहर गरी २१ दिन कैद सजाय र १० हजार रुपियाँ जरिवाना भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत चेतबहादुर बोहराले बताउनु भयो ।

पीडित बालिकालाई असार ६ गते यौन दुर्व्यवहार  गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध असार ७ गते ईलाका प्रहरी कार्यालय, सुख्डमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले असार २९ गते १० हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असार ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

यसैगरी १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा घोडाघोडी नगपालिका–६ का २० वर्षीय प्रविनकुमाल चौधरीलाई ०८० कात्तिक १४ गते २१ दिन कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कसूर ठहर गरी २१ दिन कैद सजाय र ५ हजार रुपियाँ जरिवाना भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत चेतबहादुर बोहराले बताउनु भयो ।

पीडित बालिकालाई २०८० असार ६ गते यौन दुर्व्यवहार  गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध असार ७ गते ईलाका प्रहरी कार्यालय, सुख्डमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले असार २९ गते ५ हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असार ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो