INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारका घटनाका आरोपितविरूद्ध उजुरी

२८ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धुर्कोट गाउँपालिका–६ का ३० वर्षीय शेरबहादुर थापाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक १० गते उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले ०८० असोज ६ गते घर नजिकै बलात्कार गरेका पीडित पक्षले उजुरी दिएको प्रहरीले जनाएको छ ।

परिवारलाई डरधम्की आएकाले लामो समय घटना कसैलाई भन्न नसकिएको परिवारका एक सदस्यले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

आरोपित फरार रहेकोले खोजीकार्य अगाडि बढेको जिल्ला प्रहरी कार्यालयका  एसपी नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण  कात्तिक १० गते गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।

अन्य

भिडियो