INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनसरीको कोशी गाउँपालिकाकी २७ वर्षीया संगीता यादवको साउन ११ गते हत्या गरेको आरोपमा प्रहरीले तीस वर्षीय रामकुमार यादवलाई गिरफ्तार गरेको छ ।

प्राप्त सूचनाका आधारमा घटनास्थलमा पुगेका प्रहरी टोलीले कोशी गाउँपालिका-१ राजापोखरी भन्ने स्थानमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

यादवले ससुराली पक्षको तनावका कारण आफूले पत्नीको हत्या गरेको बयान प्रहरी समक्ष दिएको जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको राससले जनाएको छ ।

बाराको कलैया उपमहानगरपालिका-२४ श्रीपुरकी ३० वर्षीया कुन्तीदेवी रामलाई बन्चरो प्रहार गरी ३५ वर्षीय श्रीकृष्ण रामले बन्चरो प्रहार गरी हत्या गरेको राससले जनाएको छ ।

बन्चरो प्रहार गरी पत्नीको हत्या गरेर आरोपित फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीप घिमिरेले बताए । कुन्तीदेवीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको छ ।

अन्य

भिडियो