INSEC Online

📅 २०८३ श्रावण १

कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार

बागचौर नगरपालिका–७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही वडाको स्याला का २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ ।

स्थानीय विद्यालयमा ०८० कात्तिक ४ गते भलिबल खेल्ने क्रममा विवाद हुँदा  कुटपिट गरेको  पीडित परिवारको  आरोप छ।

उपचारका लागि भारतको लखनउ लगिएको हो । उपचारको क्रममा कात्तिक ८ गते मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन कार्कीले जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम कात्तिक ९ गते जिल्ला अस्पतालमा भयो ।

 

अन्य

भिडियो