INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रभावकारी अनुगमन नहुँदा नागरिक अखाद्य बस्तु सेवनको जोखिममा

बजार अनुगमन प्रभावकारी नहुँदा नागरिकहरू अखाद्य बस्तु सेवनको जोखिममा परेका छन् ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले उपभोक्ता सङ्रक्षणको  व्यावस्था गरेको छ । ऐनले संघीय,  प्रदेश र स्थानीय स्तरमा बजार अनुगमन समिति गठनको व्यावस्था गरेपनि प्रभावकारी अनुगमन नभएका कारण सदरमुकामकै बजारबाट नागरिकले अखाद्य सामग्री सेवन गर्न बाध्य भएका छन् ।

बजार अनुगमनका क्रममा बजिमाया रन्जन स्टोर्सबाट १५ पेटी म्याद नाघेको तेल फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । बजारमा कम म्याद भएको तेल, मसला, सुजि, बदाम, चोकोपाइ, बिस्कुट, फुरनदाना लगायतका सामग्री जफत गरिएको गैरेले बताउनु भयो ।

गैरेले निरन्तर बजार अनुगमन हुने सदरमुकामकै जिम्मेवार व्यावसायीको भान्सामा सबैभन्दा बढी प्रयोग हुने तेल म्याद नाघेको फेला पर्नु दुःखद बिषय भएकाले उपभोक्ता सचेत रहन र व्यवसायी गम्भीर बन्न आग्रह गर्नुभयो ।

म्याद सकिन थालेपछि मुख्य बजारबाट गाउँमा सामग्री बिक्री वितरण हुने भएकाले स्थानीय ग्रामीण बस्तीहरूमा म्याद नाघेका सामग्री उपभोग हुने जोखिम बढि रहेको छ ।  स्थानीय तहले समेत स्थानीय बजारमा अनुगमन, नियमन र निर्देशन गर्ने अधिकार भएपनि प्रभावकारी कार्यान्वयन नभएको नागरिकको गुनासो छ ।

नगरिकको स्वास्थ्य सम्वेदनशिलाप्रति स्थानीय सरकारले खासै चासो नदिएको मुसिकोट नगरपालिका– २ का धर्म खत्रीले गुनासो गर्नुभयो । ‘अनुगमन फोटो र बजेट खर्चका लागि मात्रै भए । गाउँ–गाउँमा अखाद्य बस्तुको खुलेयाम बिक्री बितरण भइरहेका छन्,। ’,‘नागरिक र अधिकारकर्मीहरूले राज्यका निकायको ध्यानाकर्षण गराइरहनुपर्ने आवश्यकता छ ।’ खत्रीले भन्नु भयो ।

 

अन्य

भिडियो