१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका-६ सालेवाका ५२ वर्षीय कमल दर्जीलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० कात्तिक ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बूले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ७ गते गरिएको छ ।