INSEC Online

📅 २०८३ जेष्ठ २१

बलुन बेच्ने सानो व्यापारीलाई कुटपिट गरेको घटनाकाे विराेधमा प्रदर्शन

prahari chauki bindbasani
वीरगंज महानगरपालिकाको–१९ का बरुण रामलाई अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीका असई नवलेश तिवारीले कुटपिट गरेको भन्दै ०८० कात्तिक ५ गते स्थानियहरूले प्रहरी पोस्ट घेराउ गर्नुका साथै विरोध प्रदर्शन समेत गरेका छन् ।

पीडित विन्दवासिनीमा लागेको मेलामा बलुन बेचिरहेका थिए । वीरगंज महानगरपालिका–१९ विन्दवासिनीस्थित बिन्दवासिनी मन्दिरमा ०८० कात्तिक ५ गते वडादसैँको अवसरमा लागेको मेलामा असई तिवारीले सबै व्यपारीहरूसँग उठाइरहेको पैसा आफूले नदिएपछि कुटपिट गरेको पीडित रामकाे आरोप रहेकाे छ।

उहाँले भन्नु भयो “बिन्दवासिनी मेलामा मँ बलुन बेचिरहेको थिए । असई तिवारी आउनु भयो र पैसा माग्नु भयो, मैले पैसा दिइन । त्यसपछि बेचिरहेको ठाउँबाट बलुन हटाउन भन्नु भयो । मैलाई बलुन हटाई रहेको थिएँ त्यसैबीच मन्दिरबाट अरु दुई जना प्रहरीहरू आउनु भयो र मेरो सबै बलुन बाटोमा फालिदिनु भयो । मेरो बलुन किन फाल्नु भयो भन्दा मलाई समातेर प्रहरी पोष्टमा लगेर असईको अगाडि २/३ जना प्रहरीहरूले कुटपिट गर्नु भयाे।”

प्रहरीले हात र बुटले मलाई कुटपिट गर्नुको साथै मेरो ५/६ हजार रुपियाँको बलुनमा समेत क्षति पुर्‍याएको घटना बारे पीडितले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनु भयो ।

उक्त विषयमा असई तिवारीसँग फोनमा सम्पर्क गर्दा घटना बारे उहाँले केही बताउन नचाहेको इन्सेक जिल्ला प्रतिनिधिले जानकारी दिनु भयो ।

इलाका प्रहरी कार्यालय पोखरियाका इन्सपेक्टर मोहन बिक्रम केसीले विवाद सुल्झिसकेको बताउनु भयो । तर, पिडित रामले घटना भएको दिन मरो उपचार गराउन प्रहरीले भने पनि नगराएको गुनासो गरेका छन् ।

अन्य

भिडियो