INSEC Online

📅 २०८३ जेष्ठ २२

विद्यार्थी कुटपिट घटनाका आरोपित शिक्षकविरुद्ध उजुरी

१६ वर्षीय बालकलाई शिक्षक अर्जुन महतोले कुटपिट गरेको आरोपमा पीडित पक्षले ०८० कात्तिक ४ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भएकाे छ।

जनकपुरधाम उपमहानगरपालिका-४ स्थित ज्ञानदेब कोचिङ सेन्टरका गणित विषयका शिक्षकले ०८० असोज ३० गते कक्षा १० मा अध्यनरत पीडित विधार्थीले गृहकार्य नगरेको भन्दै आरोपित शिक्षक महतोले अशब्द प्रयोग गर्दै कुटपिट समेत गरेको पीडित पक्षकाे आरोप रहेकाे छ ।

पीडितको उपचार कात्तिक ४ गते गांगा किल्निक जनकपुरधाममा भएको छ । पीडित विद्यार्थीकाे कानमा चोट लागको डा. अभिय कुमार साहले बताउनु भयाे ।

घटना बारे अनुसन्धान भइरहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी जवान सिमरित चौधरीले जानकारी दिनु भयाे।

अन्य

भिडियो