४० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-६ होम्ताङ्गका ३९ वर्षीय बालकुमार राईलाई साउन १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन १० गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरमा आजै उजुरी परेको थियो ।
आरोपितले मादकपदार्थ सेवन गरी महिलामाथि दुर्व्यहार गरेको इलाका प्रहरी कार्यालय घोडेटारका प्रमुख राजकुमार थापाले बताए । प्रहरी कार्यालयमा आरोपित बालकुमार राईले आफूले गल्ती गरेको स्वीकार गरेको थापाले बताए ।