आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी वीरेन्द्रनगर नगरपालिका–९ की ३२ वर्षीया मानकुमारी खत्रीलाई कात्तिक १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।
पतिले अर्को विवाह गरी आफूलाई बारम्बार मरणासन्न हुनेगरी कुटपिट गरेकोले कानुनी उपचारका लागि पीडितले जिल्ला अदालत सुर्खेतमा उजुरी दिनु भएको छ ।
मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको मागगर्दै इन्सेकमा असोज २३ गते निवेदन दिनुभएको थियो ।
सोही निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको असोज २४ गते बसेको बैठकको निर्णय अनुसार नगद सात हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनभयो ।
पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको बताउनुभयाे।
