INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडित ज्येष्ठ नागरिक महिलालाई इन्सेकको सहयोग

आफ्नै छोराबाट निरन्तर कुटपिट तथा घरेलु हिंसामा पर्दै आउनु भएकी भानु नगरपालिका–१ नयाँबस्ती गन्धर्व टोलकी ७३ वर्षीया ज्येष्ठ नागरिक महिलालाई न्यायीक प्रकृयामा जान इन्सेकले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

घरेलु हिंसा पीडित गिरीलाई इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई मार्फत मानव अधिकार  सहायता कक्ष अन्तरगत ०८० कार्तिक १ गते सहयोग स्वरुप नगद पाँच हजार रुपियाँ उपलब्ध गराइएको हो ।

सहयोग पाएपछि पीडित गिरीले आफुलाई इन्सेकको सहयोगले ठूलो राहत दिएको बताउनु भयो ।

उहाँ बस्दै आउनु भएको कच्ची घर गत असोज १२ गते अपरिचित समूहले भत्काई दिएपछि उहाँ छिमेकीको घरमा बस्दै आउनु भएको छ । उहाँलाई मानवअधिकार समूह भानुकी सदस्य तुलसी गैह्रेले आश्रय दिनु भएको छ ।

पीडितले गत असोज १९ गते सहयोग उपलब्ध गराउन इन्सेकलाई लिखित निवेदन दिनु भएको थियो ।

insec help

अन्य

भिडियो