मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षीया भावना बिकलाई हत्या गरेको आरोपमा सानीभेरी गाउँपालिका –९ सिम्ली का ३३ वर्षीय लोकबहादुर बिकलाई प्रहरीले कात्तिक १ गते घरबाटै गिरफ्तार गरेको छ ।
मृतक शव असोज ३० गते होटेलमा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नमराज भट्टराईले जानकारी दिनुभयो ।
मृतकको सासुआमा उजेली कामीले कात्तिक १ गते जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरीे दिनुभएको हो ।
मुसीकोट नगरपालिका –१ छिङस्थित माईती घरमा बस्दै आएकी मृतक र हत्या आरोपित बीच अनैतिक सम्बन्ध रहेको र आर्थिक लेनदेनको बिषयमा विवाद भएपछि खलंगा स्थित सत्कार होटेलमा लगेर मृतकको घाँटि रेटेर हत्या गरिएकोे डिएसपी भट्टराईले बताउनुभयो ।
रुकुम पश्चिम जिल्ला अदालतको फैसला अनुसार आरोपितलाई बहुविवाह मुद्दामा ११ महिना कैद तोकिएकाेमा ६ महिना कैद भुक्तान गरीसकेका थिए । संविधान दिवसको अवसरमा असोज ३ गते राष्ट्रपतिले आरोपितलाई कैद मिनाहा गरी कैदमुक्त गरेका थिए ।
मृतकको शव पोष्ट्मार्टम कात्तिक १ गते जिल्ला अस्पतालमा भएको छ ।