INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसूरमा ६ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा घोडाघोडी नगपालिका–९ का १५ वर्षीय बालकलाई असोज २५ गते ६ वर्ष  ३ महिना कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कसूर ठहर गरी ६ वर्ष ३ महिना कैद सजायको फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत चेतबहादुर बोहराले बताउनु भयो ।

पीडित बालिकालाई ०७८ भदौ २ गते बलात्कार गरेको भन्दै पीडित परिवारले आरोपित विरुद्ध भदौ ३ गते ईलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतको ०७८ भदौ २९ गते आदेश नुसार आरोपितलाई बालसुधार गृह, बाँके पठाइएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ भदौ ३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो