INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका-८ आरुपोखरीका ६६ वर्षीय खेचरनाथ खनालाई साउन ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १३ गते यौन दुर्व्यहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले साउन २ गते प्रहरीमा उजुरी दिएका थिए ।

यौन दुर्व्यवहार पश्चात आरोपित खनालले घटना बाहिर नल्याउन बालिकालाई दबाव दिएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २ गते जिल्ला अस्पतालमा भएको थियो ।

अन्य

भिडियो