INSEC Online

📅 २०८३ जेष्ठ २१

छाउपडीलगायतका कुरीतिविरुद्ध कानुन निर्माण तथा कार्यान्वयनमा जोड दिन आयोगको आग्रह

छाउपडीलगायतका कुरीतिविरुद्ध प्रभावकारी कानुन निर्माण गर्न तथा सोको कार्यान्वयनमा जोड दिन राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले साउन ४ गते एक विज्ञप्ति जारी गर्दै यस्ता कुरीतिविरुद्ध कानुन बनाउन तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको हो ।

‘महिनावारी भएको तथा सुत्केरी अवस्थामा महिलाप्रति छुवाछुतको व्यवहार गरिने, घरभन्दा टाढा छाउगोठमा जोखिमयूक्त अवस्थामा राखिने तथा पोषणयूक्त खानेकुरा खान नदिइने परम्परा र संस्कारका कारण महिलाहरू समानताको अधिकार, पोषणयूक्त खाना खानपाउने अधिकार, स्वच्छ वातावरणमा बस्न पाउने अधिकार, सम्मानपुर्वक बाँच्न पाउने अधिकार र जीवनको अधिकारबाट समेत वञ्चित हुनु परेको अवस्था छ ।’-विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय दैलेख जिल्लामा मात्रै छाउगोठमा बस्ने क्रममा दुई जनाको मृत्यु भएको थियो । ‘नेपालको संविधान, नेपाल पक्षराष्ट्र बनेका, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धी, १९७९, नागरिक तथा राजनीतिक अधिकार, १९६६, लगायतमा उल्लेख गरिएका अधिकारको सम्मान र संरक्षण गर्नु राज्यको दायित्व हुन आउँदछ ।’-विज्ञप्तिमा भनिएको छ । तर, नेपालको कानुनले छाउपडीलगायतका कुप्रथालाई महिला विरुद्धको अपराधको रूपमा नलिई कुरीतिमा मात्र सिमित गरेको आयोगले जनाएको छ ।

अन्य

भिडियो