INSEC Online

📅 २०८३ जेष्ठ २१

धौलागिरी अस्पताल बागलुङमा डेङ्गीका बिरामी बढ्दै, परीक्षणका लागि किटको अभाव

पछिल्लो समय बागलुङ जिल्लामा डेङ्गीकाे संक्रमण बढीरहेको छ । धौलागिरी अस्पताल बागलुङले हालसम्म गरेको परिक्षणमा बागलुङका १ सय ३९ जनामा डेङ्गी संक्रमण देखिएको छ । अस्पतालमा डेङ्गीका लक्षण भएका बिरामीको संख्या बढ्दै गएको भएपनि किट अभाव हुँदा परीक्षण प्रभावित भएको छ ।

अस्पतालले किट अभावमा डेङ्गी परीक्षण गर्न नसकिएको भन्दै ५ सय किटको व्यवस्थापन गरिदिन स्वास्थ्य कार्यालय बागलुङ र स्वास्थ्य निर्देशनालय पोखरामा आग्रह गरेको भएपनि हालसम्म किट उपलब्ध नभएको धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रबिरञ्जन प्रधानले बताउनुभयो ।

स्वास्थ्य कार्यालय बागलुङले पनि डेङ्गी रोग महामारीको रुपमा आएकोले रगत परीक्षण किट भित्राउन सबैको चासो र पहल हुनुपर्ने आवश्यकता औल्याएको छ । डेंगी, स्क्रब टाइफस, सापु लगायतका जोखिम बढीरहेको बिषयमा सरोकारवालाको ध्यानाकर्षण समेत गराइएको छ ।

बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेङ्गीका बिरामी धेरै भेटिएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो । परीक्षण किट व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय, जिल्ला दैविक प्रकोप उद्दार समिति तथा मनसुनजन्य विपत् व्यवस्थापन समितिले पहल गर्ने निर्णय गरेको शर्माले बताउनुभयो ।

अन्य

भिडियो