INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा शाखामा नौ दिनदेखि ताला बन्दी, शिक्षा शाखाबाट हुने काम प्रभावित

नेपाल विद्यार्थी संघ प्यूठानले प्यूठान नगरपालिकाको शिक्षा शाखामा गरेको ताला बन्दी नौ दिनसम्म पनि खुल्न नसके पछि शिक्षा शाखाबाट हुने दैनिक काम प्रभावित भएका छन् ।

नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा  काजमा कार्यरत रहेका शिक्षकहरूलाई सम्बन्धित विद्यालयमा फिर्ता गराउन ०८० असोज ७ गते नगरपालिकालाई आग्रह गदै ज्ञापन पत्र बुझाए पनि नगरपालिकाले बेवास्ता गरेको भन्दै असोज १७ गते तालाबन्दी गरेका थिए ।

नेपाल सरकारले २०८० जेठ ३१ गतेदेखि लागुहुने गरी स्थानिय तहका  विद्यालयबाट काजमा झिकाएर शिक्षकलाई स्थानीय तहको काममा लगाउन नपाइने र काममा लागाइएको भए विद्यालयमै फर्काउन  परिपत्र गरेको थियो ।

प्यूठान नगरपालिकालाई पटक–पटक शिक्षा युवा तथा खेलकुद शाखामा  काजमा कार्यरत रहेका शिक्षकहरुलाई सम्वन्धित विद्यालय फर्काउन आग्रह गर्दा बेवस्ता गरेकोले काजमा रहेका शिक्षक विद्यालय नफर्कदासम्म लगाएको ताला नखोलिने नेपाल विद्यार्थी संघ, प्यूठानका जिल्ला अध्यक्ष कल्याणबिक्रम केसीले बताउनु भयो । लगाएको ताला खोल्न तथा माग पुरा गर्ने विषयमा नगरपालिकाले कुनै पहल नगरेको अध्यक्ष केसीले बताउनु भयो ।

शिक्षा शाखामा भएको तालबन्दीका कारण शिक्षा शाखाबाट हुने दैनिक काम कारबाही शिक्षकहरूको पारीश्रमिक सिफारिस गर्ने कार्यमा समेत ढिलाई भएको शिक्षा शाखा प्रमुख बासुदेव पण्डितले बताउनु भयो ।

अन्य

भिडियो