१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गौमुखी गाउँपालिका-४ का ३२ वर्षीय दिपक केसीलाई साउन ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरले बताए ।
पीडित बालिकको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बिजुवारमा साउन ४ गते गरिएको डिएसपी राठौरले बताए ।