INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला

भरतपुर महानगरपालिका-१० बालमन्दिर रोडस्थित अरोमा कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको कसुरमा सोही कलेजका शिक्षक ५२ वर्षीय रामकृष्ण सुवेदीलाई जिल्ला अदालतका न्यायधीश वासुदेव न्यौपानेको इजलासले ०८० असोज २३ गते तीन महिना कैद सजाय, २५ हजार रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपुर्ति र १ हजार रुपियाँ पीडित राहत कोषमा भराने फैसला गरेको छ ।

शिक्षक सुवेदीले पीडित विद्यार्थीहरूलाई ०७९ पुस ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले पुस ६ गते जिल्ला प्रहरी कार्यालयमा तीन ओटा फरक फरक उजुरी दिएको थियो । सुवेदी पुस ५ गते गिरफ्तार भए । पीडितहरूको स्वास्थ्य परीक्षण पुस ७ गते भरतपुर अस्पतालमा भयो ।

उक्त फैसलामा हराभराको मुद्दामा अभियुक्तले असोज १६ गतेको पेशीमा सफाइ पाए भने पटिहानी र डाँडागाउँको मुद्दामा समान सजाय तोकिएको अदालतका श्रेष्तेदार विष्णु आचार्यले बताउनु भयो । शिक्षक सुवेदी जिल्ला अदालतको आदेशले पुस २९ गते १ लाख ५० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।

अन्य

भिडियो