INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी चिङ्गाड गाउँपालिका–३ की २२ वर्षीया भिमसरा विसीलाई असोज २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि सहयोग गरेको छ ।

पतिले मदिरा सेवन गरी प्रायः कुटपिट गर्ने गरेको र घरेलु हिंसा गरेकाले पीडितले जिल्ला अदालत सुर्खेतमा सम्बन्ध विच्छेदको उजुरी दिनु भएको छ ।

मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको मागगर्दै इन्सेकमा असोज ९ गते निवेदन दिनुभएको थियो ।

सोही निवेदनको आधारमा मानव अधिकार सहायता केन्द्रको असोज १२ गते बसेको बैठकको निर्णय अनुसार इन्सेकले नगद पाँच हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनभयो । पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाई छ । उक्त सहयोगले न्यायिक यात्रामा सहज हुने भिमसराको भनाई छ ।

Surkhetphoto20231011

अन्य

भिडियो