INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा शरीर बन्धक र बलात्कार कसुरमा पाँच वर्ष कैद

१९ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–१० का ३२ वर्षीय प्रमोद कुमार साहलाई जिल्ला अदालतले ०८० असोज २१ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेलको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै पाँच वर्ष कैद सजाय र ७५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडितलाई आरोपितले ०७९ चैत २६ गते अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा ०८० वैशाख ३ गते उजुरी दिनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०८० वैशाख ३ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

आरोपित पुर्पक्षका लागि सिन्धुली जिल्ला कारागारमा रहेको स्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।

अन्य

भिडियो