हेटौँडा उपमहानगरपालिका-१३, मुस्कान टोलका बुबा ६५ वर्षीय जित बहादुर मोक्तानको घरायसी विवादमा कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा ३५ वर्षीय दिपक मोक्तान विरुद्ध ०८० असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश साहका अनुसार आरोपितले असोज १९ गते घरायसी विवाद हुँदा बुबालाई काँधमा खुर्पा प्रहार गरी हत्या प्रयास गरेको भन्दै आरोपित मोक्तान विरुद्ध पीडित पक्षले असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । उक्त खुकुरी प्रहारबाट पीडितको काधमा चोट लागि घाइते भएको उहाँले जानकारी दिनुभयो ।
पीडितकाे उपचार चितवनको भरतपुर अस्पतालमा भइरहेकाे छ । घटनापछि आरोपित फरार रहेका कारण खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले इन्सेकलाई जानकारी दिनुभयो ।