१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुजरा नगरपालिका-५ का २० वर्षीय नसिर इमामलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८० असोज २० गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई असोज १९ गते राती बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध असोज २० गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका हुन् ।
आरोपित विरुद्ध असोज २१ गते जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गराउनुको साथै सात दिनको म्याद थप गराई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएकाे छ ।
पीडितको स्वास्थ्य परीक्षण असोज २० गते चन्द्रनिगाहपुर अस्पतालमा गरिएको छ ।