आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेत की १३ वर्षीया बालिकालाई असोज १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले सहयोग गरेको छ । कानुनी प्रकृयामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको हो ।
पीडित बालिकालाई ०८० असोज ४ गते सामूहिक बलाकार घटनामा परेको पीडितले बताउनु भयो । घटनापछि आरोपितविरुद्ध जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भइसकेकाे र सोही मुद्दाको प्रतिउत्तर पत्र लगाउनका लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको अपिल गर्दै इन्सेकमा असोज ९ गते निवेदन दिनुभएको थियो ।
सोही निवेदनको आधारमा इन्सेकले नगद सात हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो । पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँको भनाइ छ ।