INSEC Online

📅 २०८३ जेष्ठ २१

अपरिचित व्यक्तिहरूको समूहले घर भत्काइदिएपछि ज्येष्ठ नागरिक आवासविहिन

भानु नगरपालिका–१ नयाँ बस्तीकी ७३ वर्षीया ज्येष्ठ नागरिक एकल महिला रुमाया गिरीको घर ०८० असोज १४ गते अपरिचित समूहले भत्काइदिएपछि आवासविहिन हुनुभएको छ । आवासविहिन हुनुभएकी गिरीलाई मानवअधिकार समूह भानुकी सदस्य तुलसी गैह्रेले आश्रय दिनु भएको छ ।

ऐलानी जग्गामा भाइले बनाइदिएको सानो टहरोमा बस्दै आउनु भएकी गिरीको घर अपरिचित समूहले भत्काएपछि आफूले घरमा ल्याएर राखेको गैह्रेले बताउनु भयो । महिलाको एक छोरा भएपनि कहिलेकाँही मात्र आउने र आमालाई कुटपिट गर्ने, सुरक्षाभत्ताको पैसा समेत खोसेर लैजाने गर्ने गरेको गैह्रेले बताउनु भयो । छोरालाई कारबाही गर्न प्रहरीलाई अनुरोध गरेपनि प्रहरीले उजुरी बिना कारबाही गर्न नसकिने भन्दै आएको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय भानुका इन्चार्ज प्रहरी इन्स्पेक्टर शुसिल पोख्रेलले यसबारेमा प्रहरीमा हालसम्म कुनै उजुरी नआएको बताउनु भयो । ‘अब मैले जानकारी पाएँ, टोल विकास संस्थाका व्यक्ति र पीडित पक्षलाई बोलाएर के भएको हो घटनाबारे बुझ्नेछु ।’ पोख्रेलले बताउनुभयो ।

ghar vatkayeko1ghar vatkayeko

अन्य

भिडियो