३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० असोज १४ गते ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३८ वर्षीय अवधेस यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
आरोपितले पीडितलाई ०८० भदौ २४ गते पीडितकै घरमा बलात्कार प्रयास गरेको पीडित महिलाकी भाइ जितेन्द्र यादवले बताउनु भयो ।
घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै आरोपित यादव फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।