INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरी बच्चा जन्माएको आरोपमा सर्केगाड गाउँपालिका–३ उनापानीका १९ वर्षीय विकेस रावतविरुद्ध ०८० असोज १४ गते प्रहरीमा उजुरी दर्ता भएको छ ।

सर्केगाड गाउँपालिका–३ उनापानी गाउँमै ०७९ माघ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आराेपितविरुद्ध ०८० असोज १४ गते उजुरी गरेको र सोही दिन मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराईले जानकारी दिनुभयो।

बालिकाको पेटमा बच्चा राखी आरोपित हाल फरार रहेकाे र घटनाको अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताउनुभयो । पीडित बालिकाले असाेज ९ गते बच्चा जन्माएकी थिइ्न ।

पीडित बालिकाको असोज १४ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

अन्य

भिडियो