INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका कसुरदारलाई सात वर्ष कैद सजाय

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा आठबीस नगरपालिका–६ सिंगासैन गाउँका २० वर्षीय धीरेन्द्र रिजाललाई दैलेख जिल्ला अदालतले असोज ७ गते ७ वर्ष कैदको सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसूरलाई ७ वर्ष कैदसंगै पीडितलाई ५० हजार क्षतिपूर्ति र १३ सय रुपिँया पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसाला भएको अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानले जानकारी दिनुभयो ।

पीडित महिलालाई २०७९ जेठ २३ गते ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीको जंगलमा बलात्कार भन्ने पीडित  उजुरी, प्रहरी अनुसन्धान र अदालतको तहकीकातबाट समेत पुष्टि भएकोले कसुरलाई उक्त सजाय भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी न्यौपानले बताउनुभयो ।

पीडित पक्षले घटनाको भोलिपल्ट जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा उजुरी परेकै दिन जेठ २४ गते आरोपितलाई घरबाट गिरफ्तार र पीडित महिलाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा भएको थियो ।

प्रहरीले गरेको अनुन्धानको आधारमा जिल्ला सरकारी वकील कार्यालय जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा ०७९ असार १२ गते बलात्कारसम्बन्धी अभियोग दर्ता अनुसार असार १३ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाइएको थियो ।

अन्य

भिडियो