INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा नौ महिना बाल सुधार गृह राख्ने फैसला

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १२ र १४ वर्षीय बालकहरुलाई जिल्ला अदालत बागलुङले आंशिक अभियोग दावी पुग्ने भन्दै सुधार गृहमा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको ०८० असोज ७ गतेको अन्तिम आदेशले नौ महिना बाल सुधार गृहमा राख्ने सजाय निर्धारण सहित १ लाख रुपियाँ क्षतीपुर्ती भराउने फैसला गरेको जिल्ला अदालत बागलुङका श्रेष्तेदार शिवहरि सुवेदीले बताउनु भयो ।

श्रेष्तेदार सुवेदीले अदालतले सजाय निर्धारण गरेको भएपनि तत्कालको लागि सजाय स्थगन गरि बालकहरुलाई आगामी दिनमा अपराध नगर्ने लिखित सर्तमा परिवारको जिम्मा लगाइएको बताउनु भयो ।

पीडित बालिकलाई ०७९ माघ २३ गते बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङले बालकहरुलाई ०७९ माघ २४ गते गिरफ्तार गरेको थियो ।

प्रहरीले आरोपित बालक विरुद्ध ०७९ फागुन १६ गते जिल्ला अदालत बागलुङमा बलात्कार शिर्षकमा मुद्दा दर्ता गरेको थियो । बालकहरु जिल्ला अदालत बागलुङको फागुन १८ गतेको आदशले बाल सुधार गृह सारङकोट पोखरामा रहेका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण माघ २४ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको थियो ।

अन्य

भिडियो