१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार बलात्कार गरेको आरोपमा प्रहरीले ठाँटीकाँध गाउँपालिका-५ पाचलाबाका ४२ वर्षीय देउरामे रोकायलाई असार २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन ठाँटीकाँध प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर एकीन्द्रबहादुर खड्काले बताए ।
घटनास्थलमा बालिका चिच्याएपछि घटनास्थल आएका नजिकका छिमेकीले आरोपितलाई समातेर ठाँटीकाँध प्रहरीमा बुझाएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २८ गते जिल्ला अस्पतालमा भएको प्रहरीले जनाएको छ ।