INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह गरेको कसुरमा दम्पतीलाई एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा एक दम्पतीलाई अदातलले एक वर्षकैद सजाय र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

ढोरचौर गाउँपालिका-५ का १९ वर्षीय कविराज नेपालीले सोही ठाउँकी २० वर्षीया सुपारी भन्ने गीता बिकसँग बहुविवाह गरेको ठहर गर्दै जिल्ला अदालत सल्यानले असार २८ गते एक वर्षकैद र प्रतिव्यक्ति ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको हो ।

आफू घरमा हुँदाहुँदै ०७४ जेठ ८ गते आरोपितद्वयले बहुविवाह गरेको कविराजकी जेठी पत्नी २० वर्षीया गीता नेपालीले बताइन् ।

कान्छी पत्नी गीता बिक फरार रहेको जिल्ला अदातलका सुब्बा विष्णु शर्माले जानकारी दिए । घटना सम्बन्धमा जेठी पत्नीले जिल्ला अदालत सल्यानमा ०७४ असार ४ गते मुद्दा दर्ता गरेकी थिइन ।

अन्य

भिडियो