INSEC Online

📅 २०८३ जेष्ठ २१

४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम

WhatsApp Image 2023-09-22 at 8.57.13 PM (1)

“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको छ ।

मानव अधिकारका लागि महिला एकता महिला समूह, धनुषाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, जिल्ला प्रहरी कार्यालय धनुषा ,ओरेक नेपाल, टिपिओ नेपाल, लाईफ नेपाल लगायतका संघ संस्थाको समन्वयमा आयोजित कार्यक्रममा दिप प्रज्वलन गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपि विश्वराज खड्काले ”कुनै पनि देशको विकासको मूल आधार शान्ति हो । विकासको मूल आधार मात्र नभएर शान्ति मानव जातिको अमुल्य अधिकार पनि हो । युद्ध, हिंसा, हुलदंगा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र र मुक्त रहन पाउनु नै शान्तिको अधिकार हो” उहाँले भन्नु भयो ।

त्यस्तै, इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासमानले “आज शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानुनको अभिन्न अंग बनेको छ । सबै मानव अधिकारहरु शान्तिपूर्ण अवस्थामा मात्र उपभोग गर्न पाउने हुँदा शान्तिको अधिकार अरु अधिकारको तुलनामा बढी महत्वपूर्ण रहेको” बताउनु भयाे।

कार्याक्रममा मानव अधिकारकर्मी, सञ्चारकर्मी र नेपाल प्रहरीको उपस्थित रहेकाे थियाे ।

WhatsApp Image 2023-09-22 at 8.57.12 PM WhatsApp Image 2023-09-22 at 8.57.12 PM (2)

अन्य

भिडियो