नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-१२ का २६ वर्षीय गुदर सदायलाई असार २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा सोही दिन पीडित पक्षले उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद अस्पतालमा असार २८ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको हो ।