INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानमन्त्रीसँग सत्यनिरुपण तथा मेलमिलाप आयोगका टोलीको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्यनिरुपण तथा मेलमिलाप आयोगका टोलीले भेटगरी आयोगको ऐन संशोधन गर्नुपर्ने लगायत आयोगको काम कारबाहीका बारेमा जानकारी गराएको राससले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा असार २८ गते साँझ भएको भेटमा प्रधानमन्त्री देउवाद्वारा ऐनमा केके कुरा संशोधन गर्न जरुरी छ त्यसलाई तयार गरेर ल्याउन आग्रह गरिएको भेटपछि आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले पत्रकारलाई जानकारी दिए ।

उनले जिल्लाका शान्ति समितिका सदस्य प्रत्यक्षरुपमा पीडितको सम्पर्कमा रहेको हुँदा आयोगले समितिकै सहयोगमा कार्य गर्नुपर्ने हुँदा समितिलाई भंग नगर्न आग्रह गरेको बताए । सरकारले साउन १ गतेदेखि ७५ वटै जिल्लामा रहेका शान्ति समितिलाई भंग गर्ने निर्णय गरेको छ ।

संविधानमा व्यवस्था गरेअनुसार आयोगको समय दुई वर्ष थियो र एक वर्ष थप गर्न सकिने व्यवस्था थियो । दुई वर्ष सकिएर आयोगको समय थप गरेको चार महिना बितिसकेको छ । आयोगले सात महिनामा आफूहरूलाई काम गर्न कठिन पर्ने विषयमा पनि प्रधानमन्त्रीलाई जानकारी गराएको छ ।

अन्य

भिडियो