INSEC Online

📅 २०८३ जेष्ठ २१

सडक आश्रित एक पुरुषलाई इन्सेकको पहलमा उद्धार

शारदा नगरपालिका–२ बाट सडक आश्रित ५५ वर्षीय रामलाल कामीको इन्सेकको पहलमा भदौ २७ गते उद्धार गरिएको छ ।

विगत एक दशक देखि मानसिक स्वास्थ्य समस्या भोग्दै आएको र तीन महिनादेखि स्वास्थ्यमा समस्याका कारणमा सडकमै आश्रित रहनुभएको थियो ।

जिल्ला इन्सेक प्रतिनिधि बुद्धिमान पुनको पहलमा तथा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हाल कृष्णनगर कपिलवस्तुमा कार्यरत लक्ष्मण ओली र शारदा नगरपालिका–२ का वडाअध्यक्ष सविन हमालको सहयोगमा सडक आश्रित कामीलाई उद्धार गरिएको हो ।

उद्धारपछि उपचार तथा संरक्षणका लागि निल सागर सेवा आश्रम नेपालगन्ज,बाँकेमा पठाइएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएको, परिवार तथा आफन्तजनले बेवास्ता गरेको र विगत केही

महिनादेखि सडकमै आश्रित रहेको शारदा नगरपालिका–२ का वडाअध्यक्ष हमालले जानकारी दिनुभयो ।

उद्धार कार्यमा शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय,सल्यानले सहयोग गरेको  जिल्ला इन्सेक प्रतिनिधि बुद्धिमान पुनले बताउनुभयो ।

Photo20230915Salyan (2)

Photo20230915Salyan (4)

Photo20230915Salyan (3)Photo20230915Salyan (1)

 

अन्य

भिडियो