INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजोका कारण कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

सहिदनगर नगरपालिका–२ माइती घर भएकी २२ वर्षीया रेखा यादवलाई दाइजो नल्याएको भन्दै जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका २५ वर्षीय पति दिपक यादवले भदौ २६ गते कुटपिट गरेको आरोपमा पीडितले सोही दिन अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएकी छिन् ।

कुटपिटबाट घाइते भएकी पीडितको उपचार भदौ २७ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भएको पीडितकी ५२ वर्षीय बुबा बिशेश्वर यादवले बताउनुभयो ।

घटना बारे अनुसन्धान प्रक्रिया अगाडि बढाएको अस्थायी प्रहरी चौकी कुर्थाका असई श्रीनारायण साहले जानकारी दिनु भयो ।

अन्य

भिडियो