INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा एक वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर आंशिक ठहर गर्दै जिल्ला अदालतले शुक्लागण्डकी नगरपालिका–८ का ५७ वर्षीया रामजिबहादुर थापा क्षेत्रीलाई एक वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायधीश कोमलप्रसाद आचार्यको २०८० भदौ २४ गतेको  इजलासले उक्त मुद्दामा आंशिक अभियोग दावी पुग्ने ठहर गर्दै आरोपितलाई एक वर्ष कैदको फैसला सुनाएको जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनु भयो ।

पीडित बालिकालाई आरोपितले २०७९ कात्तिक १६ गते बलात्कार गरेको भन्दै सोही दिन पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय बेलचौतारमा उजुरी दिएका थिए । प्रहरीले कात्तिक १६ गते नै आरोपितलाई गिरफ्तार गरेको थियो ।

प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् २०७९ मङ्सिर ७ गते बलात्कार सम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेको थियो ।  आरेपितलाई जिल्ला अदालतको मङ्सिर ९ गतेको आदेशले पुर्पक्षको लागि थुनामा राखिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १६ गते दमौली अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो