३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बासगढी नगरपालिका–९ माछागढका ३९ वर्षीय शेरबहादुर खड्कालाई भदौ २१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले बारबर्दिया–४ सिटी बरेलीमा भदौ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराका अनुसार उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २० गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ ।