७६ वर्षीया शारिरीक रुपमा अशक्त ज्येष्ठ नागरिक महिलालाई बलात्कार गरेको आरोपमा राइनास नगरपालिका– ६ बस्ने ५० वर्षीय बाबुराम सार्कीलाई प्रहरीले २०८० भदौ १९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितलले २०८० भदौ १५ गते राती बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीको आधारमा प्रहरीले आरोपितलाई घरनजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा फेला पारि गिरफ्तार गरेको थियो ।
आरोपितलाई भदौ २१ गते जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान आगाडि बढाइएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १९ गते लमजुङ अस्पताल लमजुङमा गरिएको छ ।