INSEC Online

📅 २०८३ जेष्ठ २१

गर्भपतन गर्न बाध्य बनाएको कसूरमा कैद सजायको फैसला

४६ वर्षीया महिलालाई जबरजस्ती गर्भपतन गराएको कसूरमा जिल्ला अदालत, कैलालीले बर्दगोरिया गाउँपालिका–१ का ४२ वर्षीय चक्र ओडलाई ०८० भदौ २१ गते कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत, कैलालीको न्यायाधीश डल्लुराम चौधरीको इजलासले कसुर ठहर गरी २५ दिन कैद सजायको फैसला गरेको जिल्ला अदातल, कैलालीका शाखा अधिकृत नवराज पाण्डेले बताउनु भयो ।

पीडित महिलालाई ०८० वैशाख ५ गते जबरजस्ती औषधि खुवाएर २४ हप्ताको गर्भपतन  गर्न लगाएको भन्दै पीडित पक्षले आरोपित विरुद्ध वैशाख ६ गते ईलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिनु भएको थियो ।

प्रहरीले आरोपितलाई सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा जबरजस्ती गर्भपतन र करणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतको वैशाख २९ गतेको आदेरमा आरोपितलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०८० वैशाख ६ गते टिकापुर अस्पताल, टिकापुमा गरिएको थियो ।

अन्य

भिडियो