INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

८ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित सिरहा नगरपालिका–१२ का ३५ वर्षीय विजय भन्ने सरोज कुमार महतो विरुद्धको मुद्दा जिल्ला अदालतले भदौ १८ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो

आरोपितले बालिकालाई ०७८ जेठ २३ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ २७ गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ २७ गते भएको थियो ।

सोही दिन जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गर्‍यो । ०७९ जेठ २० गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भएपनि आरोपित हाल सम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो