१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका-१० का ४९ वर्षीय लोकबहादुर विष्ट भदौ १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० भदौ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बूले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १८ गते गरिएको छ ।