INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्षद्वारा विद्यालय परिसरमै शिक्षकमाथि कुटपिट

मालिका गाउँपालिका–७ का वडा अध्यक्ष हिराबहादुर कार्कीले विद्यालय परिसरमै देविस्थान माविका शिक्षक ३१ वर्षीय यमलाल पन्थीलाई भदौ १८ गते कुटपिट गरेका छन् ।

शिक्षक पन्थीकी पत्नी जानकी पाण्डेयको सरूवाको बिषयलाई लिएर पन्थी र वडा अध्यक्ष कार्कीबिच विवाद भएको थियो ।

विवादकै क्रममा वडा अध्यक्ष कार्कीले शिक्षकलाई विद्यालय परिसरमै कुटपिट गरेका हुन् । पीडित पन्थीले सानो बच्चाकी आमालाई पुर्वाग्रह राखेर सरूवा गरेको बिषयलाई मैले गुनासो गर्दा उल्टै कुटपिट भएको गुनासो गर्नुभयो ।

घाइते पन्थीको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । कुटपिटपछि टाँउको दुखेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि सिटीस्क्यान गर्न पाल्पा जान थालेको पन्थीले बताउनु भयो । वडा अध्यक्ष हिराबहादुर कार्कीले आफूलाई थुक्ने र गाली गलौज गर्ने गरेपछि हातपात गरेको स्वीकार गर्नु भयो ।

कार्कीले  आफू विद्यालयमा सङ्ंरचना निर्माणको काम भइरहेकाले निरीक्षण गर्न गएको बेला शिक्षकले तथानाम अपशब्द प्रयोग गरेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी नविनकिशोर प्रधानले दुबै व्यक्ति सार्बजनिक पद धारण गरेका भएकाले विद्यालयमार्फत सहजीकरण गर्ने प्रयास भइरहेको बताउनु भयो ।

photo2023090501gulmi

अन्य

भिडियो