१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया–६जयपुरका २१ वर्षीय हरि खड्कालाई भदौ १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ ५ गते विवाहको प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले १३ गते उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १३ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।