INSEC Online

📅 २०८३ जेष्ठ २१

सडक सुचारू नहुँदा स्थानीय समस्यामा

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर सडक अवरूद्ध हुँदा दुहुँ गाउँपालिकाका स्थानीय समस्यामा परेका छन् । एक महिनादेखि अवरूद्ध सडक नखुल्दा हिडडुल गर्न समस्या भएको हो ।

दुहुँ व्याँस जोड्ने दार्चुला तिंकर सडकको तिमुरपाटा भन्दा माथिल्लो क्षेत्रमा सडक पूर्ण रूपमा अवरूद्ध भएको छ । स्थानीयलाई पैदल यात्रा गर्न समेत जोखिम छ । सडम अवरुद्ध हुँदा एक महिनादेखि स्थानीयले नुन, नेत र खाद्यान्न ढुवानी गर्न पाएका छैनन् ।

photo20230831darchula (6)

पहिरोले बाटो बन्द भएका कारण दुहुँ गाउँपालिका र सदरमुकाम खलंगासँगको यातायात सम्पर्क विच्छेद भएको छ । सबै भन्दा तिमुरपाटा क्षेत्रमा पहिरो खसेको छ । सडकमाथिबाट चट्टान खसेपछि स्थानीयलाई  हिडडुल गर्न समेत समस्या छ, दुहुँ गाउँपालिका–३ का स्थानीय ८० वर्षीय धनुवा लुहारले भन्नु भयो, ‘बिरामी भएर अस्पताल आउन अरूको सहारामा मुस्किलले खलंगा आइपुगे ।’

बिरामीलाई अस्पतालसम्म ल्याउन बाटोनै छैन् । गर्भवती र सुत्केरीहरूलाई अस्पताल ल्याउन सकिने अवस्था छैन् । लुहार भन्नु हुन्छ, गाउँमा खाद्यान्नको समस्या हुन थालेको छ । केही स्थानीय जोखिम मोलेर पिठ्युमा खाद्यान्न बोकेर खाद्यान्नको जोहो गरिरहेका छन् । सदरमुकाम खलंगा पढ्न आउने विद्यार्थीहरूलाई अभिभावकबीना पठाउन सकिने अवस्था छैन् ।

photo20230831darchula (1)

यही सडक भएर व्याँस गाउँपालिकासम्म खाद्यान्न ढुवानी हुने गरेको थियो । तर, एक महिनादेखि यातायतका साधन बन्द भएकाछन् । हिकिला भन्दा तल्लो क्षेत्रमा समेत सडकहरूमा जमिन भासिएर पुरै सडक बिग्रिएको छ, स्थानीय निरज बहादुर बमले भन्नु भयो । एकसातासम्म यो क्षेत्रमा विद्युत नै आउन सकेन् । तिमुरपाटा क्षेत्रमा विद्युतका पोलहरू ढलेपछि स्थानीय अन्धकारमा बस्न बाध्य भए । घाम लागेको बेला आउँजाउँ गर्न सकिन्छ, पानी परेको बेला निरन्तर ढुङ्गा खस्ने डर छ ।

photo20230831darchula (3)

मानिस समेत हिँड्न नसकिने ठाउँ भएकोले बिरामी बोकेर लान निकै जोखिमपूर्ण बाटो छ । २०६५ सालदेखि निर्माण सुरू भएको दार्चुला तिंकर सडक खण्डमा गत वर्षबाट ग्राभेल र कालोपत्र काम सुरू भएको थियो । तर, बर्खासँगै पहिरोले ग्राभेल गरिएको ठाउँमा समेत सडक बिग्रिएको वडा नम्बर ३ का वडाध्यक्ष देबबहादुर बमले बताउनु भयो ।

खाद्यान्न समस्या हुँन नदिन गाउँपालिकाले सुपथ खाद्यान्न पसल राखेको हुँदा अहिलेसम्म स्थानीयहरूले खाद्यान्न अभाव झेल्नु परेको वडाध्यक्ष बलले बताउनु भयो ।

स्थानीय सरकारले आफ्नै डोजर प्रयोग गरी गाउँपालिका सदरमुकाम हिकिलाबाट सडक सफाई गर्दै आएको छ । तिमुरपाटा क्षेत्रमा समेत सडक खुलाउने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिह बडालले बताउनु भयो ।

photo20230831darchula (2)

अन्य

भिडियो