३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० भादो ७ गते कौडेना गाउँपालिका–७ सक्रौलका ४१ वर्षीय सुरेन्द्र कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिनु भयो ।
पीडितलाई आरोपितले ०८० साउन ३१ गते बलात्कार प्रयास गरेको पिडितले बताउनु भयाे। उजुरी पश्चात आरोपित यादव फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ७ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको डा. नबलकिशोर झाले जानकारी दिनु भयो ।